काठमाडौं । पुष २० गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा ९०० रुपैयाँले गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम गरेको छ ।
सोमबार तोलाको ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, तेजाबी सुनको भाउ पनि तोलामा ९०० रुपैयाँले नै गिरावट आएर तोलाको ९१ हजार ७०० कायम भएको छ ।यसैगरी, चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले कमी आएको महासंघले जनाएको छ । महासंघले मंगलबारका लागि चाँदीको भाउ तोलाको १२ सय ५० रुपैयाँ तोकेको छ । सोमबार तोलाको १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।