काठमाडौं । पुष २० गते
दक्षिण अफ्रिकाको संसदमा नियन्त्रणमा लिइएको आगलागी केही घण्टामै फैलिएको छ। सोमबार दक्षिण अफ्रिकाले आगलागी नियन्त्रणमा आएको बताएको थियो। तर, त्यसको केही घण्टामै भवनमा पुनः आगलागी भएको हो।केपटाउनस्थित संसद भवनमा आइतबार आगलागी सुरु भएको बीबीसीले जनाएको छ ।
आगलागीको कारण संसदको तल्लो सदन पूर्णरुपमा जलेको छ।अधिकारीहरुले यसअघि नै कार्पेट र भुइँमा प्रयोग गरिएको काठको कारण आगलागीको जोखिम रहेको चेतावनी दिँदै आएका थिए।
सोमबार पुनः फैलिएको आगलागीको कारण भवनको चौथो र पाँचौं तला पूर्णरुपमा जलेको बीबीसीले जनाएको छ । ।आगलागी अझै नियन्त्रणमा आएको वा नआएको भन्ने खुलेको छैन।