×

Nepali Community

प्रधानमन्त्री शेरबहादुर देउवाले तीनदिने भारत भ्रमणमा, ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनलाई सम्बोधन गर्ने


काठमाडौं । पुष २० गते
प्रधानमन्त्री शेरबहादुर देउवाले तीनदिने भारत भ्रमणका क्रममा गुजरातको अहमदाबादमा आयोजना हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनलाई सम्बोधन गर्ने र भारतीय समकक्षी नरेन्द्र मोदीसहित उच्च अधिकारीहरूसँग छलफल गर्ने तय भएको छ । उहाँ पुस २५ गते गुजरात जाने कार्यक्रम तय भएको छ । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले यही साता देउवाको भारत भ्रमणको मिति र कार्यक्रम एकैसाथ सार्वजनिक गर्ने तयारी गरेका छन् ।

भ्रमणको मिति र विस्तृत विषयमा नेपाल र भारत दुवै पक्षले एकैसाथ सार्वजनिक गर्ने परराष्ट्र मन्त्रालय जनाएको छ । अहिलेसम्मको तयारीअनुसार प्रधानमन्त्री देउवाका सबै भेटवार्ता नयाँदिल्लीमा नभएर गुजरातमै हुनेछन् ।

स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणमा जाने प्रतिनिधिमण्डललगायतका विषयमा परराष्ट्रले मन्त्रिपरिषद्मा लैजाने प्रस्ताव तयार गरिसकेको छ । परराष्ट्रसचिव भरतराज पौड्यालले सरोकारवाला मन्त्रालयका सचिव एवं अधिकारीहरूसँग भ्रमणका एजेन्डाबारे छलफल गरिरहेका छन् । नेपाल र भारतको कूटनीतिक च्यानलबीच भइरहेको तयारीअनुसार प्रधानमन्त्री २५ पुसमा नयाँदिल्ली ट्रान्जिट भएर अपराह्न गुजरात पुग्नेछन् ।


More

View All

News

Health

Sports