×

Nepali Community

ओलीले भ्रष्टाचारको पहाड र कुशासनको शिखर निर्माण गरेको पूर्वप्रधानमन्त्री भट्टराईको आरोप


काठमाडौं । पुष २० गते
राजावादीहरु कराएर केही नहुने पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले टिप्पणी गर्नु भएको छ ।

इलाम सदरमुकाममा भएको पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियानका क्रममा भट्टराईले राजतन्त्र नफर्कने भन्दै भने ‘राजावादीहरू ट्याउट्याउ गरेर केही नहुने जिकिर गर्नु भएको थियो ।

उहाँले मुलुककमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको भन्दै एकतन्त्रीय शासनको कल्पना गर्न नसकिने डा.भट्टराईको भनाई थियो । उहाँले दुई तिहाइ जनमतको सरकार आफ्नै कुबुद्धिले घर न घाटको भएको प्रतिक्रिया दिनु भएको थियो ।

जनताले विश्वास गरेर मत हालेको भएपनि केपी ओलीले जनताबाट निर्माण भएको संविधान मार्न खोज्दा आफैं सत्ताबाट बाहिरिनुपरेको उहाँको भनाई थियो । ओलीले भ्रष्टाचारको पहाड र कुशासनको शिखर निर्माण गरेको आरोप भट्टराईले लगाउनु भएको थियो ।


More

View All

News

Health

Sports