काठमाडौं । पुष १८ गते
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेन्ट्रल फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । फाइनान्सको ७.७० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ८२ रूपैयाँ ०८ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।
नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४ सय ११ रूपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।