×

Nepali Community

अरुले गर्न नसकेको काम एकीकृत समाजवादीले गर्ने अध्यक्ष नेपालको दाबी


काठमाडौं । पुष १८ गते
जनता र देशको सेवामा नलाग्नेलाई पार्टीमा ठाउँ नरहेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताउनु भएको छ । एकीकृत समाजवादी पार्टी जनता र देशको सेवा गर्ने पार्टी भएकाले सेवा नगर्ने व्यक्ति पार्टीमा अट्न नसक्ने उहाँको भनाई छ । अध्यक्ष नेपाले पार्टीको जिल्ला कमिटी लमजुङद्वारा शनिबार बेंसीसहरमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लुटेरा, फटाहालाई पार्टीमा बस्ने अधिकार नभएको उल्लेख गर्नु भएको थियो ।

उहाँले समाजवादी पार्टी लुकेर, चुसेर, भ्रष्टचार गरेर खानेको पार्टी नभई दुःख गरेर, इमानदारीमा विश्वास गरेर काम गर्नेको बताउनसु भएको थियो । पार्टीमा आवद्ध व्यक्तिले अनुशासन कायम राख्दै श्रम गरेर, पसिना बगाएर कमाई गर्ने अध्यक्ष नेपालको भनाई थियो ।

उहाँले एकीकृत समाजवादी पार्टीले सिद्धान्त र मूल्य मान्यतामा विश्वास गर्ने, लोकतान्त्रिक मूल्य मान्यतालाई सम्मान गर्ने जिकिर गर्नु भएको थियो । अध्यक्ष नेपालले समाजवादी जनतालाई माया गर्ने, नयाँ पुस्तालाई माया गर्ने र पुराना पुस्तालाई सम्मान गर्ने, सबैको कल्याण गर्ने पार्टी रहेको बताउनु भयो। कम्युनिष्ट भनेको स्वाभिमानी, गलतलाई गलत भन्न सक्ने आँट भएको हुनुपर्ने उहाँको भनाइ थियो।आधुनिक सीप, क्षमता र प्रविधिका साथमा सिर्जनात्मक काम गर्ने र अरुले गर्न नसकेको काम एकीकृत समाजवादीले गर्ने उहाँले बताउनु भएको छ ।


More

View All

News

Health

Sports