काठमाडौं । पुष १८ गते
आज दिउँसो १ बजे संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक संसद भवन बानेश्वरमा बस्दै छ। त्यसअघि ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बोलाएका छन्।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादेर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७÷७८ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौं अधिवेशनदेखि नै निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ।
एमालेले दशौं अधिवेशनका बैठकमा अवरोध गरिरहेको छ। यसअघि बसेको बैठकमा एमालेका सांसद्हरूले नाराबाजी गरेका थिए।