×

Nepali Community

माओवादीको आठौं महाधिवेशन जार , सहमतिमै नेतृत्व टुंग्याइने


काठमाडौं । पुष १८ गते
नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको आठौं दिनमा पनि सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी छ ।यसअघि शनिबार निर्वाचन कार्यतालिका सार्वजनिक गरिए पनि राती ८ बजे स्थगित गरिएको थियो ।

पदाधिकारीमा शीर्ष नेताहरुले सहमति खोजेपछि निर्वाचन कार्यतालिका स्थगित गरिएको हो ।आज दिउँसो १ बजे सुरु हुने बन्दसत्रमा नेतृत्व चयनको प्रक्रिया सुरु हुने माओवादीका नेताहरुले जनाएका छन् ।

तर त्यतिबेलासम्म सहमति नभए आज निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिने बताइएको छ ।माओवादी केन्द्रको विधानअनुसार महाधिवेशन प्रतिनिधिहरुले २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । सो निर्वाचित कमिटीले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्नेछ ।

केन्द्रीय समितिको निर्वाचनका लागि सबै प्रक्रिया अगाडि बढाएको माओवादीमा सहमति हुन नसकेपछि महाविधेशन पुनः एक दिन लम्बिएको छ ।


More

View All

News

Health

Sports