काठमाडौं । पुष १८ गते
यौनसम्पर्कलाई चारवटा चरणमा बाडिएको छ, जुन यसप्रकार छन्
१ उत्तेजनाको चरण९सम्भोगका क्रममा प्रथम चरण केही मिनेटदेखि लामो समयसम्म रहनसक्छ । यो चरणमा मसलमा उत्तेजना आउने, पसिना आउने, लिंगमा तरल पदार्थ बग्ने हुन्छ । यो सम्भोगको तयारीको अवस्था नै उत्तेजनाको चरण हो ।
२ प्लाटो फेज९ प्लाटो फेजमा भएको यौन क्रिया निरन्तर रूपमा बढाउँदै लान सकिए एउटा त्यस्तो बिन्दुमा पुगिन्छ जहाँ पुगेपछि व्यक्ति यौन तनावबाट मुक्त हुन्छ।
३ चरमसुख९ पूर्णचरम सुख पाउदा यस्तो मांसपेशी खुम्चने, फुक्ने क्रम १० देखि १५ पटकसम्म हुन्छ । यस बेला जुन सुखानुभूति हुन्छ हामी त्यसलाई चरम सुख वा चरम स्वर्गीय आनन्द भन्छौं ।
४ रिजोलुसन फेज९ चरमसुख पछि पुनः सबै कुरा सामान्य अवर्थामा आउने क्रम सुरु हुन्छ, जसलाई हामी रिजोलुसन फेज भन्छौं । आधारभूत रूपमा महिला तथा पुरुषमा यौन प्रतिक्रिया चक्र उस्तै हुन्छ, तर पनि केही कुरामा भने फरक देख्न सकिन्छ। कतिपय महिलालाई चरमसुखको चरणसम्म पुग्न पुरुषको भन्दा बढी समय लाग्न सक्छ।