×

Nepali Community

हाल नेपालमा पश्चिमी वायुको प्रभाव,तराईमा बाक्लो हुस्सु र कुहिरो


काठमाडौं । पुष १८ गते
हाल नेपालमा पश्चिमी वायुको प्रभाव कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण आज पनि देशभर आंशिक बदली रहनेछ ।पश्चिमी तथा मध्य तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

प्रदेश–१, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।सोमबार पनि देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू–भाग हिमपातको सम्भावनाका साथै बिहान तराईमा बाक्लो हुस्सु र कुहिरोसमेत लाग्ने सम्भावना रहेकोले चिसोबाट जोगिन मौसमविद्ले अनुरोधसमेत गरेका छन् ।


More

View All

News

Health

Sports