×

Nepali Community

इंग्लिस प्रिमियर लिगमा वाट्फोर्डलाई हराउँदै टोटेनहम छैठौं स्थानमा उक्लियो


काठमाडौं । पुष १८ गते
इंग्लिस प्रिमियर लिगमा वाट्फोर्डलाई हराउँदै टोटेनहम छैठौं स्थानमा उक्लिएको छ। लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा टोटेनहमले वाट्फोर्डमाथि १–० गोलको जित निकालेको हो।

वाट्फोर्डको मैदानमा टोटेनहमलाई जिताउन डेभिनसन सान्चेजले निर्णायक गोल गरेका थिए। खेलको अन्तिम समयमा सान्चेजले गोल गर्दै टोटनहमलाई महत्वपूर्ण तीन अंक दिलाए। इन्जुरी समयमा थपिएको छैठौं मिनेटमा सान्चेजले सन हुङ मिनको पासमा गोल गरेका हुन्।

जितसँगै १८ खेलबाट ३३ अंक जोडेको टोटेनहम अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ।पराजित वाट्फोर्ड १४ अंक जोडेर १७ औं स्थानमा रहेको छ। तालिकाको शीर्ष स्थानमा ५३ अंकसहित म्यान्चेष्टर सिटी छ। दोस्रो स्थानमा रहेको चेल्सीको ४२ अंक र तेस्रो स्थानको ४१ अंक छ।


More

View All

News

Health

Sports