काठमाडौं । पुष १८ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज श्रमको उचित मूल्याङ्कन हुने योग रहेको छ भने मनमा हर्ष, उमङ्ग र उत्साह छाउने तथा कला र गलाको प्रभाव बढ्नुका साथै शुभ समाचार पनि सुन्न पाइएला ।
बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज मन खिन्न हुने स्थिति आउने योग रहेको छ भने कार्य सम्पादनमा सहजता नमिल्ने तथा जिद्दीपनाले गर्दा काम बिग्रने डर रहेको छ भने स्वास्थ्यप्रति सजग रहनु होला ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज पारिवारिक सद्भाव बढ्ने योग रहेको छ भने आँटेको र ताकेको कार्य पुरा हुनुका साथै आकस्मिक धनलाभ हुने तथा महिला वर्गबाट सहयोग मिल्नेछ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुने योग रहेको छ भने सवारी साधनको खरिद बिक्री हुने तथा दाम्पत्य जीवन पनि सुखमय नै हुनेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनुका साथै आँटेको र ताकेको कार्य पुरा हुने तथा कलकारखाना र बन्दव्यापारमा पनि राम्रै हुनेछ ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जाने योग रहेको छ भने शुभ समाचार सुन्न पाइएला ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज इनाम र प्रतिष्ठा कमाउने योग रहेको छ भने परिवारमा सुख सन्तोष छाउने तथा अधुरो काम बन्नुका साथै धार्मिक र सांस्कृतिक कार्यमा सरिक भइनेछ ।
बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज कुनै समाचारले मनमा शान्ति छाउने योग रहेको छ भने शुभकार्यको चर्चा चल्ने तथा बन्धु बान्धवबाट सहयोग मिल्नुका साथै प्रेममा सफलता पनि मिल्नेछ ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज अरुलाई प्रभावित पारेर काम बन्ने योग रहेको छ भने चलाखीपूर्ण बोलीले काम बन्ने तथा आयआर्जनका क्षेत्रमा सुधार आउनुका साथै पठनपाठनमा प्रगति हुनेछ ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज मन सम्हाल्न आवश्यक हुनेछ । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज मान सम्मान पाइनुका साथै घरमा अतिथिको आगमन हुने तथा बोलीको भरमा कार्य सम्पादन हुनुका साथै कुटुम्बको सहयोग पनि मिल्नेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज रोकिएको अधुरो कार्यले पूर्णता पाउने योग रहेको छ भने धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने तथा प्रेमीको सहयोग प्राप्त हुनुका साथै छोटो यात्रा पनि हुन सक्छ ।