×

Nepali Community

एमालेको सरकारलाई संविधानको अपव्याख्याबाट हटाइएको अध्यक्ष ओलीको आरोप


काठमाडौं । पुष १७ गते
सन् २०२१ मा केही शक्तिहरुले देशको दूरगामी यात्रालाई अनुचित र अनपेक्षित रुपमा अल्मल्याउने काम गरेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गर्नु भएको छ । उहाँले अनुचित दुष्प्रयासहरुले अवरोध पुर्‍याएर थाती रहेका राष्ट्रिय समृद्धिलाई नयाँ वर्षमा उचाइमा पुर्‍याउने बताउनु भएको छ ।

अध्यक्ष ओलीले नयाँ सन् २०२२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न स्थीर राजनीति अपरिहार्य रहेको बताउनु भएको छ । अध्यक्ष ओलीले सन् २०२१ मा केही शक्तिहरुले मुलकको दूरगामी यात्रालाई अनुचित र अनपेक्षित रुफमा अलमल्याउने काम गरेको आरोप लगाउनु भएको छ । मुलुकलाई अस्थिरताको दुष्चक्रबाट बाहिर निकालेर विकासको असाधारण अभियानतर्फ अगाडि बढाइरहेको एमालेको सरकारलाई संविधानको अपव्याख्याबाट हटाइएको अध्यक्ष ओलीको भनाई छ ।

संवैधानिक विचलन, अराजकता र सत्ताको अनुचित भागवण्डाको विकृतिपूर्ण अवस्थामा धकेल्ने काम भएको अध्यक्ष ओलीले उल्लेख गर्नु भएको छ । ओलीले २०२१ मा आफू नेतृत्वको सरकारले असाधारण काम गरेको, चुच्चे नक्सा प्रकाशन गरेको, अर्थतन्त्रलाई माथि उठाएको, विकासका दूरगामी योजनाहरु थालनी गरेको उल्लेख गर्नु भएको छ ।


More

View All

News

Health

Sports