×

Nepali Community

संक्रमण फैलिन नदिनका लागि विश्वभरका देशहरुले सहकार्य गर्नु पर्ने डब्लुएचओको भनाई


काठमाडौं । पुष १७ गते
सन् २०२२ मा कोरोना भाइरसको महामारीमाथि विजय प्राप्त गर्नेमा आशावादी रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले बताएका छन् ।कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण फैलिन नदिनका लागि विश्वभरका देशहरुले सहकार्य गर्नु पर्ने डब्लुएचओले बताएको छ ।

डब्लुएचओ प्रमुख डा.गेब्रेयेसोसले नयाँ वर्ष २०२२ को शुभकामना सन्देशमा ‘साँघुरो राष्ट्रवाद र खोप सञ्चय’ लाई लिएर चेतावनी दिएका छन् ।दुई वर्ष पहिले चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी त्यसयता विश्वभर फैलिएको छ । अहिले विश्वभर संक्रमितको संख्या २८७ मिलियन पुगेको छ । कोभिड–१९ का कारण ५५ लाख मानिसको ज्यान गएको छ ।


More

View All

News

Health

Sports