×

Nepali Community

हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको आग्रह


काठमाडौं । पुष १७ गते
हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम विज्ञान विभाग अन्तरगर्तको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रहेको छ।महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक–दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति देशभर आंशिक बदलीको संभावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै आज बिहान काठमाडौंमा ३.८ डिग्री सेल्सियस तापक्रम रहेको छ । बिहान ६ बजे ३.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो ।

आज तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ ।हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । केही स्थानमा हिमपात र तराईका जिल्लामा हुस्सु र कुहिरो लाग्ने गरेकाले चिसो बढ्ने क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले बताउँदै आएको छ ।


More

View All

News

Health

Sports