×

Nepali Community

आज सहिद स्मारक ए डिभिजन लिगमा तीन खेल हुँदै


काठमाडौं । पुष १७ गते
आज सहिद स्मारक एु डिभिजन लिग ०७८ मा सातौं चरणका तीन खेल हुनेछन् । दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्री स्टारले जावलाखेल युथ क्लबको सामना गर्नेछ ।ब्रिगेड ब्वाइज र मनाङ मर्स्याङ्दीबीच आज हुने सहिद स्मारक लिग खेलका लागि पोखरा रंगशाला तयारी गरिँदै। थ्री स्टार ६ खेलबाट ७ अंक जोडेर आठौं स्थानमा छ ।

यस्तै, जावलाखेल ६ खेलबाट समान ७ अंकमा नवौं स्थानमा छ । मनाङ मर्स्याङ्दी र ब्रिगेड ब्वाइजबीच पोखरामा अर्को खेल हुनेछ ।मनाङ ६ खेलबाट १३ अंकसहित दोस्रो स्थानमा छ । उसमाथि एएफसी कप छनोट खेल्नका लागि यो खेल जित्नै पर्ने दबाब छ । ब्रिगेड ब्वाइज ६ खेलबाट ५ अंकमा १२ औं स्थानमा छ ।

 

 


More

View All

News

Health

Sports