×

Nepali Community

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । पुष १७ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्ने योग रहेको छ भने झन्झटिलो काममा संलग्न हुनुपर्ने छ भने स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज साथी भाइको भेटघाटले मन प्रफुल्ल रहनुका साथै धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्ने तथा रोजगारको अवसर पनि मिल्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्ने योग रहेको छ भने जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज इच्छा र आकाङ्क्षा पूर्ण हुने योग रहेको छ भने चिताएको कामले तीव्रता लिनुका साथै धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने तथा पारिवारिक सद्भाव बढ्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज चलाखीपूर्ण बोलीले काम बन्ने योग रहेको छ भने आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिने तथा काम गर्ने उत्साह र हौसला मिल्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज एउटै कामबाट दोहोरो लाभ मिल्ने योग रहेको छ भने नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुने तथा मित्रबाट विशेष सहयोग मिल्ने र नजिकै घुम्न पनि पाइनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुने योग रहेको छ भने आम्दानी बढाउने काम सुचारु गर्न सकिने तथा सफल यात्राको योग पनि छ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुने योग रहेको छ भने रमणीय र सुखद् यात्राको योग रहेको छ भने आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । यात्रा गर्दा पनि सचेत हुनुपर्छ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । प्रेम र दाम्पत्य सम्बन्ध सुदृढ बन्नेछ । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने योग रहेको छ भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने तथा धर्म र कर्ममा मन लाग्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिने योग रहेको छ भने मनोरञ्जनमा पनि सहभागी भइनेछ ।


More

View All

News

Health

Sports