×

Nepali Community

एमसीसी राष्ट्रिय सहमतिबाट मात्रै पास हुने कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौरको भनार्ई


काठमाडौं । पुष १६ गते
आसन्न राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन दलका बीचमा तालमेल गरेर जाने वा नजाने विषयमा यकिन भइनसकेको नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौरले बताउनुभएको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सह–महामन्त्रीमा विजय भएपछि पहिलोपटक गृह जिल्ला फर्किनु भएका राठौरलाई नेपालगञ्ज विमानस्थलमा ठूलो संख्याका कार्यकर्ताले स्वागत अभिनन्दन गरेका थिए ।

विमानस्थलमै प्रेस युनियनले राखेको पत्रकार भेटघाटनमा सह–महामन्त्री राठौरले राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धन कसरी जाने भन्ने विषयमा पार्टी सभापति शेरबहादुर देउवाले मिलाएर लैजाने बताउनुभयो । माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा समाजवादी एकीकृतका अध्यक्ष माधव नेपालले राष्ट्रिय सभादेखि अन्य निर्वाचनसम्म नै गठबन्धनका बीचमा तालमेल गरेर अघि बढ्ने बताइरहँदा कांग्रेसका सह–महामन्त्री राठौरले यस विषयमा यकिन भइनसकेकाले जे पनि हुन सक्ने बताउनुभयो । एमसीसी राष्ट्रिय सहमतिबाट मात्रै पास हुने सह–महामन्त्री राठौरले बताउनुभयो ।


More

View All

News

Health

Sports