×

Nepali Community

यस्ता छन्,पुरुषमा देखिने ५ यौन समस्याहरु


काठमाडौं । पुष १६ गते

यौन समस्या भनेको व्यक्तिहरुले आफ्नो सहकर्मीबाट यौन सन्तुष्टि प्राप्त गर्न नसक्ने अवस्था हो । अर्को शब्दमा भन्नुपर्दा, यौन सम्बन्ध स्थापित गर्ने क्रममा व्यक्तिलाई चरम सुख प्राप्त गर्नबाट रोक्ने कठिनाई एवम् अवरोधहरु नै यौन समस्या हो ।हरेक पटक सुरक्षित यौनव्यवहार अपनाउनु पर्छ । महिलालाई विभिन्न प्रकारका यौन सम्बन्धहरू राख्नुपर्ने अवस्था आइपर्न सक्छन् ।

कुनै–कुनै महिलाले बलात्कार तथा यौनजन्य समस्या खेप्नुपर्छ ।विवाहित महिलामध्ये धेरै महिलाका श्रीमानले अन्य महिलाहरू वा देहव्यापारमा संलग्न महिलाहरूसँग यौनसम्पर्क राखेका हुन सक्छन् । कतिपय महिलाहरू बाध्यताबश वा इच्छाले देहव्यापारमा संलग्न हुन्छन् । यसरी महिलाहरुलाई विभिन्न तरिकाले यौनजन्य क्रियाकलापमा संलग्न हुन बाध्य पारिन्छ र त्यसैकारण यौन रोग लाग्न सक्छ ।मानिसहरु आफ्नो उमेरको २० देखि ३० वर्षसम्म यौन जीवनको उत्कर्षमा हुने गर्छन् ।

तर, कतिपय मानिसहरु ४० वर्ष पुग्दा नपुग्दै यौन दुर्वलताको शिकार हुन पुग्छन् र उनीहरुमा यौन इच्छा र क्षमतामा कमी आउन थाल्छ ।शारीरिक स्वास्थ्यसँग सम्बन्धित कारण र अवस्थालाई पनि दोष दिन नमिल्ने होइन । तर, युवाहरुमा हुने यौन दुर्वलता मानसिक कारण बढी हुने गर्दछ । यौन सम्बन्ध स्थापितको समयमा लिंग उत्तेजित नहुने अवस्था नै ‘इरेक्टाइल डिसफङसन’ अर्थात् उत्तेजना नहुने अवस्था हो ।

यो पुरुषको यौन जीवनकालमा देखिने समस्यामध्ये एक हो ।मुख्यतयाः शारीरिक एवम् मानसिक पक्षसंग सम्बन्धित यस समस्याले ४० देखि ७० प्रतिशत उमेर समूहमध्ये झण्डै ५२ प्रतिशत व्यक्तिलाई सताउने गरेको अध्ययनले देखाएको छ ।स्खलनन नहुनु अथवा पेनिट्रेसनको बाबजुद पनि स्खलनका लागि लामो समय लाग्ने समस्यालाई विलम्बित अर्थात् ढिलो स्खलन हुनु भनिन्छ ।सामान्यतयाः यस्ता समस्या लामो समयसम्म विभिन्न औषधि सेवन गरिराखेका व्यक्तिलाई औषधिको साइड इफेक्ट (दुष्प्रभाव) स्वरुप देखा पर्छ ।यी समस्या धेरैजसो केशहरुमा तनाव कम गरेर तथा स्खलन हुने समयमा नियन्त्रण गरेर पनि समाधान गर्न सकिन्छ ।

 


More

View All

News

Health

Sports