×

Nepali Community

डा.गोविन्द केसीले राख्नुभएको विभिन्न माग पूरा गर्ने प्रधानमन्त्री देउवाको प्रतिबद्धता


काठमाडौं । पुष १६ गते
चिकित्सा आन्दोलनको सुधारका सन्दर्भमा लामो समयदेखि अभियान चलाइराख्नुभएका डा.गोविन्द केसीले राख्नुभएको विभिन्न माग पूरा गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिबद्धता जनाउनु भएको छ ।

प्रधानमन्त्रीले निजी मेडिकल कलेजले विद्याथीसँग बढी शुल्क लिएको पाइए कानूनअनुसार कारबाही गराउन आफू प्रतिबद्ध रहेको र सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने प्रतिबद्धता जनाउनुभएको भेटमा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।

चिकित्सा शिक्षा अध्यापन गराइरहेका विभिन्न मेडिकल कलेजले तोकिएकोभन्दा बढी शुल्क लिएको भन्दै आलोचना भइरहेको छ ।


More

View All

News

Health

Sports