×

Nepali Community

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नका लागि सरकारद्वारा पुन आवेदन माग


काठमाडौं । पुष १६ गते
सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नका लागि पुन आवेदन माग गरेको छ । अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले बिहीबार सार्वजनिक सूचनाजारी गर्दै आवेदन माग गरेको छ ।

बोर्डमा अध्यक्ष नियुक्त गर्नका लागि यसअघि अर्थ मन्त्रालयले समिति बनाएको र सो समितिमाथि कानुनी प्रश्न उठेपछि मन्त्रिपरिषद्को बैठकले अर्को समिति बनाएको थियो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेल, अर्थ मन्त्रालयका सचिव मधु मरासिनी र विज्ञ सदस्यका रूपमा डा. जीवनाथ धिताल रहेको अर्थ मन्त्रालयले जनाएको छ

।यसअघिको समितिमा विज्ञ सदस्यका रूपमा प्रा. डा. नारायण पौडेल रहेका थिए ।नयाँ समिति बनेसँगै अब समितिले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिका लागि पुन आवेदन खुलाएको हो । समितिले १५ दिन अर्थात् पुस २९ गतेभित्र आवेदन दिन आग्रह गरेको छ ।


More

View All

News

Health

Sports