काठमाडौं । पुष १६ गते
म्यानचेस्टर युनाइटेडले इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा बर्नलीमाथि जित निकालेको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा युनाइटेडले बर्नलीमाथि ३–१ गोलअन्तरले जित निकालेको हो।
खेलको ८ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको पासमा स्कट म्याकटोमिनीले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। त्यस्तै २७ औं मिनेटमा बर्नलीमा बिन मीले आत्मघाती गोल गर्न पुगे। त्यस्तै तेस्रो गोल रोनाल्डोले ३५ औं मिनेटमा गरे। उता बर्नलीका लागि ३८ औं मिनेटमा आरोन लेनोनले सान्त्वना गोल फर्काए।
जितसँगै युनाइटेड अंकतालिकाको शीर्ष ६ मा उक्लिएको छ। १८ खेलबाट युनाइटेडले ३१ अंक जोडेको छ। उता १६ खेलबाट ११ अंक जोडेको बर्नली रेलिगेशन क्षेत्रबाट माथि उठ्न संघर्ष गरिरहेको छ।