×

Nepali Community

भारतीय सर्वेक्षण विभागले महाकाली नदीको नामै फेरेर नयाँ नक्शा जारी गरेको नेपाल सरकार किन मौन ?–भीम रावल


काठमाडौं । पुष १५ गते
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई आफ्नो नक्शामा राखेको भन्दै आपत्ति एमाले नेता भीम रावलले जनाउनु भएको छ । आज बिहान सामाजिक सञ्जाल मार्फत उहाँले नेपाली भूभाग आफ्नो तिर पार्न भारतले महाकाली नदीको नामै फेरेर नयाँ नक्शा जारी गरेको सामाचार आइसक्दा पनि सरकार र ठूला राजनीतिक दलहरु मौन बस्नु दुर्भाग्य भएको उल्लेख गर्नु भएको छ ।

नेता रावलले ठबन्धन सरकार भन्नेहरू प्रदेशमा मन्त्रालय फुटाएर भएपनि पदको भागबण्डामा र अरू पार्टी गुटबन्दीमै व्यस्त भएको आरोप समेत लगाउनु भएको छ ।केही दिन अघि भारतीय सर्वेक्षण विभागले महाकाली नदीको नामै फेरेर नयाँ नक्शा जारी गरेको समाचारहरु सार्वजनिक भएका थिए । उहाँले महाकाली नदीको नाम फेरेर भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो नक्शामा राखेको समाचारबारे नेपाल सरकार र ठूला पार्टीको धारणा के हो, किन मौन छ भनदै प्रश्न गर्नु भएको छ ।
थिए ।


More

View All

News

Health

Sports