×

Nepali Community

टेकेन्द्र कार्की द्वारा निर्देशित हाँस्य टेलिचलचित्र ए भाउजु –२ सार्वजनिक


 

काठमाडौं । पुष १५ गते
हाँस्य ब्यङ्ग टेलि चलचित्र ए भाउजु भाग –२ बुधबार सार्वजनिक गरिएको छ । चलचित्रलाई समाजमा घटिरहेका बिभिन्न यथार्थ घटनाहरुलाई समेटेर हाँस्य व्यंग्यात्मक रुपमा प्रस्तुत गरिएको छ । टेकेन्द्र कार्की द्वारा निर्देशित तथा राजु श्रेष्ठ,रविन्द्र श्रेष्ठ द्वारा निर्मित हाँस्य ब्यङ्ग टेलि चलचित्र ए भाउजुमा समाहिक बिषय बस्तु लाइ समेटिएकाले दर्शक श्रोताको मन तान्दै छ ।

कमल योञ्जनको प्रस्तुती रहेको टेलिचलचित्र ए भाउजु भाग –२ प्रत्येक बुधबार छ बजे ओमकार टेलिभिजनमा र ५ बजे रोमान्टिक नेपाल नामक युटुब च्यानलमा प्रसारण गरिन्छ । टेलि चलचित्रका मुख्य ब्यबस्थापन र मुख्य सहायक निर्देशनमा देपेन तामाङ रहेका भने कथा निर्देशक कार्कीको नै रहेको छ । उक्त दर्शकहरु को मन मुटुमा बसेर समय सापेक्ष परिबर्तन गर्दै दर्शकहरु लाइ नयाँ नयाँ स्वाद दिने प्रयास गर्ने निर्देशक कार्कीको भनाई छ ।

हाँस्य ब्यङ्ग टेलि चलचित्र ए भाउजुमा चर्चित कलाकारहरुदेखि लिएर भर्खरै उदाउँदै गरेका कलाकारहरुलाई पनि अवसर दिईएको उनको भनाई छ । टेकेन्द्र कार्की अहिलेका निकै व्यस्त निदेर्शक पनि हुन । धेरै बर्ष पहिले देखि उनी यस क्षेत्रमा लागि रहेका छन् । अहिले उनले ए भाउज, हेप्नी लफङ्गा ४२०,तर,सञ्चै हो र बेहुली टेलि चलचित्रको निर्देशन गरिरहेका छन् । हाल उनको निर्देशनमा बनेको टेलि चलचित्र बेहुलीलाई दर्शक स्रोताले निकै रुचाएका अझ भन्नुपर्दा दर्शकको मन,मुटुमा बस्न सफल भएको छ । चलचित्रमा चर्चित कलाकार रश्मी भट्ट,टेकेन्द्र कार्की,राजु श्रेष्ठ,रविन्द्र श्रेष्ठ (चुङ्गोले पुङ्गोले), ममता श्रेष्ठ, स्मृति राई ,दिपेन तामाङ, लगायत अन्य चर्चित कलाकार हरुको भूमिका रहेको छ ।

भिडियो हेर्न यहां क्लिक गर्नुहोस्


More

View All

News

Health

Sports