काठमाडौं । पुष १५ गते
बाँके जिल्ला स्थित नेपालगंजको भेरी अस्पतालको स्टोर कोठामा ४ जना जना मृत अवस्थामा भेटिएका छन्। अस्पतालको स्टोर कोठामा सुतेका सात जनामध्ये चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीेले बताए।
घटनामा परी तीन वर्षीय बालक समेत घाइते भएका छन्। घाइते मध्ये एक जना ४७ वर्षीय महलिा सामान्य बोलचाल गर्न सक्ने अवस्थामा छन्।घटनाको प्रारम्भिक अवस्था हेर्दा निसासिएर मृत्यु भएको प्रहरीको अनुमान छ। कोठाका कोइला बाली सबै झ्याल ढोका थुनेका कारण निसासिएर मृत्यु भएको हुन सक्ने उनले बताए।