×

Nepali Community

राखेपद्वारा तत्काल बोर्ड बैठक बोलाउन खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँग माग


काठमाडौं । पुष १५ गते
तत्काल बोर्ड बैठक बोलाउन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँग राष्ट्रिय खेलुकद परिषद् (राखेप)की बोर्ड सदस्य सुवर्ण श्रेष्ठले माग गरेकी छन् ।मन्त्री गहतराजले गएको मंसिर ३ गते राखेप अध्यक्षको हैसियतमा तत्कालीन खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले नियुक्त गरेका नौ बोर्ड सदस्यको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पदमुक्त गर्ने निर्णय गरेका थिए ।

गहतराजले बोर्ड सदस्यमाथि लगाएका आरोपमध्ये एक राखेप बोर्ड बैठक राख्न नसेकेको पहल गरेको थियो ।तर, उच्च अदालत पाटनले यही पुस १३ गते बोर्ड सदस्यलाई पदमुक्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न मंसिर ९ गते दिएको अल्पकालीन आदेशलाई निरन्तरता दिएपछि उनीहरु काममा फर्किएका छन् ।बुधबार साँझ बोर्ड सदस्य श्रेष्ठले सामाजिक सञ्जालमा मन्त्री गहतराजलाई मेन्सन गर्दै तत्काल बोर्ड बैठक बोलाउन माग गरेकी हुन् ।


More

View All

News

Health

Sports