काठमाडौं । पुष १५ गते
तीनै तहको निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने गरी काम गर्नुपर्ने नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको भनाई छ । नेता भण्डारीले बन्दिपुर गाउँपालिकाको नाहालामा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा काँग्रेसका नेता तथा कार्यकर्तालाई निर्वाचनको तयारीमा आग्रह गर्नु भएको हो । उहाँले आजै देखि निर्वाचन तयारीमा जुट्ने हो भने बहुमत ल्याउन कुनै पनि असम्भव नभएको जिकिर गर्नु भएको थियो ।
सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी १४ जना काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई केन्द्रीय सदस्य भण्डारीले टीका तथा सदस्यता प्रदान गरेर स्वागत गरेका थिए ।