×

Nepali Community

डेल्टा र ओमिक्रोन भेरियन्टका कारण कोरोना भाइरस संक्रमणको सुनामी आएको हो –डब्लुएचओ


काठमाडौं । पुष १५ गते
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले डेल्टा र ओमिक्रोन भेरियन्टका कारण अहिले कोरोना भाइरस संक्रमणको सुनामी आएको बताएको छ ।डब्लुएचओका प्रमुख डा.टेडरोज आध्यनोम गेब्रेयेसोसले अहिले डेल्टा र ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र गतिमा बढ्दै गएको बताएका हुन् ।अमेरिका तथा युरोपका विभिन्न देशमा क्रिसमसपछि कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या अत्यधिक देखिएको छ ।

फ्रान्समा बुधबार एकैदिन दुई लाख ८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यस्तै अमेरिकामा पछिल्लो एक हप्तामा दैनिक रुपमा औषत दुई लाख ६५ हजार भन्दा बढी संक्रमित थपिएका छन् ।डेनमार्क, पोर्चुगल, बेलायत, अस्ट्रेलियासहितमा संक्रमण उच्च देखिएको छ । पोल्याण्डमा बुधबार कोभिड–१९ का कारण ७९४ जनाको ज्यान गएको छ । ज्याउन गुमाउनेमा तीन तिहाई भन्दा बढी खोप नलगाएकाहरु छन् ।


More

View All

News

Health

Sports