काठमाडौं । पुष १५ गते
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सासंद अवरोधको कुनै औचित्य नरहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ९एमाल०ले गर्दै आएको संसद अवरोधको कुनै लक्ष्य नभई माधवकुमार नेपालसँगको प्रतिशोध मात्र भएको यादवले बताउनुभयो ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा जनता समाजवादी पार्टी नेपालले गरेको पत्रकार सम्मेलनमा यादवले नेकपा एमालेको संसद अवरोध भनेको माधवकुमार नेपालसँगको व्यक्तिगत प्रतिशोध रहेको भन्नुभएको हो ।
नेपालले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरेर ससंदको मान्यता पाएपछि संसदमा छिर्न पाउने अधिकार रहेको तर तर एमालेको व्यक्तिगत इर्ष्या र द्वयसले माधवकुमार नेपालहरु संसदमा प्रवेश गर्नु भएन भनेर मात्र उहाँहरुले संसद अवरोध गरेको यादवले बताउनुभयो । यो गलत भएकाले यसले संसदीय लोकतन्त्रलाई नै नोक्सान पुर्याउने उहाँको भनाइ छ ।