×

Nepali Community

आज देशभर आंशिक देखि सामान्य बदली, वर्षा र हिमपातको सम्भावना


काठमाडौं । पुष १५ गते
हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात भइरहेको छ ।

वर्षा र हिमपातको सम्भावना रहेको कारण चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । बुधवार देशका विभिन्न भूभागमा हिमपात भएसँगै चिसो बढेको छ। बुधवार दिनभर वर्षासमेत भएको थियो। राति भने वर्षा रोकिएको छ।

आज थोरै स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।पहाडी भू–भागको थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू––भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ ।
त्यसैगरी राति भने अधिकांश स्थान आंशिक बदली रहने बताइएको छ।


More

View All

News

Health

Sports