काठमाडौं । पुष १५ गते
हरियो धनियाँ हरेक मौसममा र प्रत्येक घरको भान्सामा सजिलै भान्सामा पाईने सामान्य तरकारी वा मसला हो । हहिरो धनियाँलाई दाल, विभिन्न प्रकारका तरकारी र अचारमा मिसाएर खान मानिसहरु निकै रुचाउँछन् अझै भन्ननुपर्दा अहिरो भनियाको स्वाद मन नपराउने मान्छे विरलै होलान् । यो सबै प्रकारका खानामा मिसाएर खान सकिने मिसाजिलो मसला हो ।
हरियो धनियाँ स्वाद र सुगन्धको लागि भान्सामा प्रयाृग गरिन्छ जसले तरकारीलाई स्वादिलो र वास्नादार बनाउँछ । हरियो धनियाँ भान्सलाई सुगन्धित मात्र बनाउने होइन यसबाट अन्य धेरै खालका फाइदा पनि छन् ।हरियो धनियाँलाई स्वादका लागि मात्र नभएर आर्योवेदिक ओषधीका रुपमा पनि प्रयोग गरिन्छ । हरियो धनियाँ सेवन गर्नुका फाईदाहरु यसप्रकार छन् ।
१ हरियो धनियाको प्रयोगले पाचन प्रकृयामा समेत प्रभाव पार्छ । पेटमा रहेका किटाणुलाई पनि धनियाले मार्छ ।
२ दैनिक रुपमा हरियो धनियाको सेवन गर्नाले रगतलाई शुद्धीकरण गर्न सहयोग गर्छ ।
३ हरियो धनियाँ खाँदा अरुचिका समस्या भएकाहरुलाई निकै फाइदा हुन्छ । त्यसका लागी चटनी वा तरकारीमा धनियाँ मिसाएर खाँदा फाइदा हुन्छ ।
४आँखा सम्बन्धि विभिन्न समस्या भएकाहरुले हरियो धनिया सेवन गर्नु उचित हुन्छ ।
५ शारिरीक रुपमा कमजोर भएको बेला धनियाँको जुस पिउनुस् निकै फाइदाजनक हुन्छ ।