काठमाडौं । पुष १४ गते
आज झापामा मोटरसाइकल अनियन्त्रित भएर रूखमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ।दमक नगरपालिका २ भाङबारीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।प्र १–०२–०४३प ६९२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको रूखमा ठक्कर खाएको थियो।
मोटरसाइकल चालक खोटाङ चिसापानी ४ का २३ वर्षीय अनिल विक, चितवन राप्ती ४ का १९ वर्षका किसन सेन्चुरी र ताप्लेजुङ भुइखोला ३ का १९ वर्षीय अनिल लामगादेको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए।