काठमाडौं । पुष १४ गते
कैलालीको लम्कीमा प्रहरी नायब उपरीक्षक र जानकी गाउँपालिका–९ अमरावतीमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा सुरक्षा प्रबन्ध गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिनु भएको छ । मंगलबार प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल र सुदूरपश्चिम प्रहरी प्रमुख पुरुषोत्तम कँडेललाई गृहमन्त्री खाणले उक्त निर्देशन दि.नु भएको हो ।
मन्त्री खाणले नागरिकको जीवन रक्षाका लागि सरकार संवेदनशील रहेको बताउनु भएको छ । उहाँले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारले कुनै कसर बाँकी नराख्ने जिकिर गर्नु भएको छ ।
जानकी गाउँपालिका–काठमाडौँ सम्पर्क समितिले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै गृहमन्त्री खाँणले मजबुद सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनु भएको छ । । हाल अमरावतीमा प्रहरी सहायक निरीक्षक र लम्कीमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी तैनाथ छ।