×

Nepali Community

क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु


काठमाडौं । पुष १४ गते
एउटा सानो विमान दुर्घटना हुँदा क्यालिफोर्नियामा ४ जनाको मृत्यु भएको छ । एउटा व्यावसायिक जेट विमान क्यालिफोर्नियाको सान डिएगोनजिकै दुर्घटना भएको हो । दुर्घटनामा कोही पनि जीवित नभेटिएको उद्दारकर्ताहरुले बताएका छन् । तर, विमानमा कति जना यात्रु थिए भन्ने प्रष्ट खुलेको छैन् ।

दुर्घटनापछि विमानमा आगो लागेको थियो । अग्नि नियन्त्रकहरुले जलेका चार ओटा शव फेला पारेका छन् ।

विमान दुर्घटनामा नजिकैको एउटा घरमा सामान्य क्षति भएको छ । सान डिएगोबाट १५ माइल टाढा भएको सो दुर्घटना अमेरिकाको नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) ले अनुसन्धान गरिरहेको केन्द्रीय उड्यन प्रशासनले जनाएको छ ।


More

View All

News

Health

Sports