काठमाडौं । पुष १४ गते
निकै महंगोमा बिक्रि हुने कुरिलो खेतीमा समेत पछिल्लो समय मानिसहरुको आकर्षण बढ्दै गएको छ ।कुरिलो स्वास्थ्यका हिसाबमा निकै उपयोगी वनस्पति हो । यसमा भरपुर मात्रामा प्रोटिन हुन्छ । प्रायः सवैले कुरिलो चिनेको भएपनि यसको फाइदाबारे जानकारी नहुन सक्छ ।कुरिलो स्वास्थ्यका एकदमै लाभदायक हुन्छ ।
कुरिलो जंगलमा पाईने एकप्रकारको घाँस हो । तर यसको माग बजारमा धेरै भएपछि अहिले यसको व्यवसायिक रुपमा खेती गर्न थालिएको छ । यसको स्वाद निकै मिठो हुन्छ । यो सबैको लोकप्रिय तरकारी हो । यो स्वादका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि निकै लाभलायक हुन्छ ।यो एक प्रकारको जडिबुटी पनि हो ।
यसलाई आर्युवेदिक औषधीका रुपमा पनि प्रयोग गरिन्छ । यसले बुध्दिबर्धक, अग्नीबर्धक, बात, पित्त, शोक अनि शुक्र दुर्वलता जस्ता रोगहरुबाट मुक्ति दिलाउछ । कुरिलो खानुका फाईदाहरु यसप्रकार रहेका छन् ।
कुरिलोलाई तरकारी बनाएर तथा यसको सुप बनाएर खानाले शरीर दुखेको निको हुन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन, प्रोटीनका साथै बिभिन्न पौष्टिक तत्व पाइन्छ ।
यसको सेवनले शरीरलाई शक्ति दिनुका साथै रक्तपित्त, महिलाहरुको स्तनमा दुधको मात्रा बढाउने, दुर्बलता हटाउन, स्वेतप्रदर तथा महिनावारी गडबडीमा उपयोगी हुन्छ । कुरिलोको जरा सुकाएर धूलो पारेर दूध तथा मनतातो पानीसंग सेवन गर्नाले पुरुषहरुको बिर्य बढाउँछ ।
यसलाई विभिन्न रोगहरुमा अत्यन्त लाभकारी औषधीको रूपमा प्रयोग गरिन्छ । कुरिलोको नियमित सेवनले क्यान्सर रोग लाग्नबाट बचाउँछ साथै क्यान्सर रोगीका लागि फाइदाजनक हुन्छ ।
यसको नियमित सेवनले स्त्रीहरुको रक्त प्रदर, स्वेतप्रदर तथा म’हिनावारी गडबडी र स्तनजन्य रोग र स्त्री पुरुष दुबैमा यौ’न दु’र्बलता हटाउन मदत गर्छ ।