×

Nepali Community

इंग्लिस प्रिमियर लिग फुटबलमालिभरपुलमाथि लेस्टर सिटीको जित


काठमाडौं । पुष १४ गते
मंगलबार राति भएको इंग्लिस प्रिमियर लिग फुटबल खेलमा लेस्टर सिटी विजयी भएको छ ।घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले लिभरपुललाई १–० ले पराजित गरेको हो । लेस्टरको जितमा लूकम्यानले ५९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो ।

पराजित भएको लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी कम गर्ने मौका गुमाएको हो ।लिभरपुलको १९ खेलबाट ४१ अंक छ । उ शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा ६ अंकले पछि रहेको छ ।

नवौँ स्थानमा उक्लिएको लेस्टर सिटीको १८ खेलबाट २५ अंक भएको छ ।मंगलबार राति भएका अरु खेलमा क्रिष्टल प्यालेसले नर्विच सिटीलाई ३–० तथा वेष्ट ह्यामले वाट्फोर्डलाई ४–१ ले पराजित गर्दा साउथह्याम्पटन र टोटनह्यामले १–१ को बराबरी खेलेका छन् ।

 


More

View All

News

Health

Sports