×

Nepali Community

प्रचण्डको प्रतिवेदनमाथि छलफलका लागि समय थप


काठमाडौं । पुष १४ गते
आज अपराह्न १२ बजेसम्मका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि समय थप गरिएको छ ।अधिकांश समूहले मंगलबार नै वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामाथिको छलफल सकाएका छन् ।

बाँकी समूहले बुधबार अपराह्न १२ बजेभित्र छलफल सक्ने नेता हरिबोल गजुरेलले बताउनुभयो । समूहगत छलफल गरेका सबै समूहमा सहभागी प्रतिनिधिले प्रचण्डबाट प्रस्तुत वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समर्थन जनाउँदै सुझाव दिएका छन् ।

ती सुझावलाई समेटेर समूहको समन्वयकर्ता नेताहरूले आज १२ बजेपछि महाधिवेशन स्थल प्रज्ञा भवनमा निष्कर्ष सुनाउने कार्यक्रम रहेको छ । छलफलको निष्कर्ष सुनाउन प्रत्येक समूहका समन्वयकर्तालाई १५ मिनेटको समय दिइने माओवादीले बताएको छ । मंगलबार भएको समूहगत छलफलको अध्यक्ष प्रचण्डले स्थलगत अनुगमनसमेत गर्नुभएको थियो ।


More

View All

News

Health

Sports