×

Nepali Community

नेपाली टोलीलाई प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा शुभकामना व्यक्त


काठमाडौं । पुष १४ गते
एशियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला टोलीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिनु भउको छ ।उहाँले सामाजिक सञ्जालमार्फत लगातार दोस्रो पटक उक्त उपाधि जिते लगत्तै महिला भलिबल टोलीलाई बधाई दिनु भएको हो । आगामी दिनमा पनि उत्कृष्ट प्रदर्शन गर्दै निरन्तर सफलता प्राप्तिका लागि नेपाली टोलीलाई प्रधानमन्त्री देउवाले शुभकामना दिनु भएको छ ।

बङ्गलादेशमा मङ्गलबार सम्पन्न फाइनल खेलमा नेपाली महिला टोलीले उज्वेकिस्तानलाई ३–२ सेटमा पराजित गर्दै उपाधि जितेको हो ।ढाकास्थित शाहिद सूरवार्दी इन्डोर रङ्गशालामा नेपालले प्रतिस्पर्धात्मक खेलमा उज्वेकिस्तानलाई २६–२४, २४–२६, २५–१५, २५–२२ र १५–११ अङ्कले पराजित गरेको हो ।प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहेको थियो । नेपालले सन् २०१९ मा बङ्गलादेशमै सम्पन्न उक्त प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा माल्दिभ्सलाई हराएर उपाधि जितेको थियो ।

 


More

View All

News

Health

Sports