काठमाडौं । पुष १४ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने शत्रुमाथि विजय प्राप्त हुने तथा कलकारखाना र बन्दव्यापारमा फाइदा हुनुका साथै सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ ।
बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने योग रहेको छ भने नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुने तथा महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आजको दिन उल्लासपूर्ण बित्ने योग रहेको छ भने आफन्तको प्रगतिमा मन रमाउने तथा पुँजी बजार या अरु व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज दबाब र तनाव बढेको महसुस हुने योग रहेको छ भने प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्ने तथा मनमा निराशा र शरीरमा आलस्य आउन सक्छ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै लगनशीलताले कामहरू अगाडि बढ्ने योग रहेको छ भने मान प्रतिष्ठामा वृद्धि हुने तथा धर्मकर्ममा मन पनि लाग्नेछ ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज आत्मविश्वास र पराक्रममा वृद्धि हुने योग रहेको छ भने विद्याको विकास हुने तथा सामाजिक, राजनैतिक तथा न्यायिक कार्यमा सफलता मिल्नेछ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने योग रहेको छ भने बन्धु बान्धवबाट विशेष सहयोग मिल्नुका साथै साँझपख शुभ समाचार आउन सक्छ ।
बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज आफूलाई शारीरिक थकान भएको अनुभूति हुने योग रहेको छ भने प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने तथा खर्च बढेपनि मन भने प्रसन्न रहनेछ ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज बोलिको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्षप्रति आकर्षण बढ्नेछ ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज महिलाहरूबाट विशेष सहयोग मिल्नेछ । नयाँ सामान हात पर्ने र शिक्षामा सफलता मिल्नेछ । आर्थिक कारोबारमा सफलता पाइएला ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । मित्र वा आफन्तको सहयोग मिल्नेछ । तीर्थाटनको योग पनि छ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ भने कूटनीतिक नियोगको सहयोग मिल्नुका साथै पुनर्मिलनको योग पनि रहेको छ ।