×

Nepali Community

एमसीसी राष्ट्रघाती नभएको दाबी गर्दै पहिले पढेर मात्रै प्रतिक्रिया जनाउन प्रधानमन्त्री देउवाको आग्रह


काठमाडौं । पुष १२ गते
आइतबारदेखि काठमाडौंमा सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशनको सफलताको कामना गर्दै नेपालका प्रमुख राजनीतिक दलका नेताहरूले शुभकामना व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रशंसा गर्नु भएको छ ।

माओवादी केन्द्रको महाधिवेशनमा शुभकामना दिन पुगेका प्रधानमन्त्री देउवाले दाहालकै नेतृत्वमा संविधानसभाबाट संविधान बनेको भन्दै प्रशंसा गर्नु भएको हो । दाहालको राजनीतिक योगदानको चर्चा तथा प्रशंसा गर्दै प्रधानमन्त्री देउवाले पुष्पकमल दाहालजीले नेपालको राजनीतिमा धेरै ठूलो योगदान गरेको जिकिर गर्नु भएको छ ।

प्रधानमन्त्री देउवाले वर्तमान पाँच दलीय गठबन्धन कसैको विरुद्धमा नरहेको समेत प्रस्ट पार्नु भएको छ । संविधानअनुरूप संसद् पूरा समय चलोस् भन्ने उद्देश्यले मात्र गठबन्धन बनेको भन्दै कसैको विरुद्ध नरहेको धारणा राख्नु भएको थियो । एमसीसी राष्ट्रघाती नभएको दाबी गर्दै पहिले पढेर मात्रै प्रतिक्रिया जनाउन देउवाले आग्रह गर्नु भएको छ ।


More

View All

News

Health

Sports