काठमाडौं । पुष १२ गते
सरकारले पुस १३ देखि २२ गतेसम्म शुरू गर्ने भनिएको कोरोनाविरुद्धको खोप अभियान एक साताका लागि स्थगित हुने भएको छ ।
खोपका लागि आवश्यक पर्ने सिरिन्जको अभाव भएका कारण सो अभियान एक साता पछि सारिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाका प्रेस सल्लाहकार शान्तराम बिडारीलले नेपाल समाचारपत्रलाई बताउनुभएको छ ।
मन्त्रालयका प्रवक्ता डा. गीता कौशल मिश्रले पनि खोप अभियान हाललाई स्थगित भएको पुष्टि गर्दै पुनः शुरू गर्ने मिति केही दिनमै सार्वजनिक गरिने बताउनुभयो ।