×

Nepali Community

प्रचण्डले आफ्नो विचार संक्षिप्त रुपमा र तर्कयुक्त रुपमा राखेको वामदेव गौतमको तर्क


काठमाडौं । पुष १२ गते
नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष पुष्पकमल दाहालले गरेको सम्बोधनको पार्टी एकता अभियानका संयोजक तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले प्रशंसा गर्नु भएको छ ।

उहाँले प्रचण्डले आफ्नो विचार संक्षिप्त रुपमा र तर्कयुक्त रुपमा राखेको उल्लेख गर्नु भएको छ । गौतमले आफ्नो सचिवालयमार्फत आफ्नो धारणा अघि सार्नु भएको छ । उहाँले प्रचण्डको मन्तव्यमा एउटा पनि दुर्वचन नभएको जिकिर गर्नु भएको छ ।

कतिपय पार्टीका नेताहरुले दुर्वचनबाट आफ्नो मन्तव्य सुरु गर्ने गरेको र दुर्वचनबाटै मन्तव्य अन्त्य गर्ने गरेको गौतमले स्मरण गराउनु भएको छ ।


More

View All

News

Health

Sports