×

Nepali Community

मेवाको पातको जूस सेवन गर्नुका अचुक फाइदाहरु


काठमाडौं । पुष १२ गते

शरीरको इम्यूनिटीलाई बढाउनुका साथै मेवाको पातको जूसले शरीरमा व्याक्टेरियाको उत्पादनलाई रोक्नमा पनि मद्दत गर्छ । यसले रगतमा सेतो रक्त कोषिका व्हाईट व्लड सेल्स र प्लेटलेट्सलाई पनि बढाउनमा मद्दत गर्छ ।

मेवा एक स्वादिष्ट तथा पोषणले भरिपूर्ण फल हो भन्ने कुरामा कसैको पनि दुई मत हुनसक्तैन । तर मेवा भित्र हुने यसका बिउहरु अझै लाभदायक तथा स्वास्थ्यबद्र्धक हुन्छ भन्ने कुराको जानकारी हामीहरुमध्ये थोरैलाई मात्र हुनसक्छ । ।मेवाको पातमा क्यान्सर सँग लड्ने गुण हुन्छ । जसले इम्यूनिटीलाई बढाउनमा मद्दत गर्छ र सर्भाइकल क्यान्सर, स्तन क्यान्सर जस्ता क्यान्सरका कोषहरुलाई उत्पन्न हुनबाट जोगाउँछ ।

डेंगूको लागि रामबाण औषधि डेंगू र मलेरियासँग लड्नमा मेवाको पातको जूस धेरै नै लाभकारी हुन्छ । यसले ज्वरोको कारण कम हुँदै गएको प्लेटलेट्सलाई बढाउनुका साथै शरीरमा कमजोरी हुन दिदैँन । महिनावारीको समय हुने दुखाई धेरै नै खतरनाक हुन्छ । यस अवस्थामा हुने दुखाईमा मेवाको पातको जूसमा इमली, नून र २ गिलास पानी मिसाएर काढ़ा बनाउने । त्यसपछि त्यो काढालाई सेलाएर पिउनाले दुखाईमा राहत प्राप्त हुन्छ । रगतको कमीमा लाभदायक मेवाको पातको जूस औषधि भन्दा कम हुँदैन ।

यदी तपाईको रगतमा प्लेटलेट्स कम हुँदैछ भने मेवाको पातको जूस पिउन सक्नुहुन्छ ।मेवाको पातको जूस दैनिक दुई चम्चा तिन महिनासम्म पिउनाले रगतमा प्लेटलेट्सको मात्रा चाँडै नै बढेर जान्छ ।मेवाको बिउमा उपलब्ध पोषण तत्वले कलेजोमा लागेको सिरोसिस भन्ने रोगबाट सहजै छुटकारा दिलाउँछ । सिरोसिस भन्ने रोग अत्यधिक रक्सि सेवन बाट हुन्छ । मेवाको ५९६ वटा सुकेको बिउ लिनुहोस् र यसलाई सिलौटोमा पिन्नुहोस् ।

 


More

View All

News

Health

Sports