×

Nepali Community

फ्रान्समा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए


काठमाडौं । पुष १२ गते
ओमिक्रन भेरियन्ट बढेसँगै फ्रान्समा संक्रमितको संख्या पनि तीव्र वढिरहेको छ । फ्रान्समा एकैदिन अहिलेसम्मकै धेरै जना कोरोना संक्रमित थपिएका छन् । फ्रान्समा पछिल्लो २४ घण्टमा १ लाख ४६११ संक्रमित थपिएका हुन् ।

यो संख्या फ्रान्समा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च हो । अधिकारहीहरूका अनुसार ३ हजार २८२ जनाको आईसियूमा उपचार भइरहेको छ । कोभिड नियन्त्रणका लागि सरकारले खोप पासको अवधारणा ल्याउन खोजेको छ ।

फ्रान्समा अहिलेसम्म ७६ दशमलव ५ प्रतिशतले कोभिड खोप लगाएका छन् ।बुस्टर डोज लगाएका व्यक्तिलाई मात्र खोप पास दिइने तयारी भएको सरकारले जनाएको छ । क्याफे, रेस्टुरेन्ट र सार्वजनिक स्थानमा प्रवेश गर्नुअघि खोप पास अनिवार्य पारिन लागिएको अधिकारीहरूले बताएका छन् ।

 

 

 


More

View All

News

Health

Sports