×

Nepali Community

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना–मौसम पूर्वानुमान महाशाखा


काठमाडौं । पुष १२ गते
हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव फैलने क्रममा रहेकाले देशभर चिसो बढेको छ । आज केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै आज राति पहाडी तथा हिमाली भूभागमा सामान्य देखि पूर्णतया बदली र तराइका भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।मंगलबार र बुधबार सो प्रणालीले देशभर फैलिई सामान्य

देखि पूर्णतया बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुने महाशाखाले आँकलन गरेको छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।सो प्रणाली बिहीबारदेखि क्रमिक रुपमा कमजोर बन्दै जाने सम्भावना छ ।

 

 

 


More

View All

News

Health

Sports