×

Nepali Community

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदै


काठमाडौं । पुष ११ गते
आज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दुई खेलहरु हुँदैछन् ।आज हुने पहिलो खेलमा संकटा क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटा र ब्रिगेडबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।संकटा ५ खेलमा ९ अंक जोडेर चौंथो स्थानमा रहेको छ । आज ब्रिगेडलाई हराएर संकटा शीर्ष तीनमा उक्लने योजनामा हुनेछ ।

ब्रिगेड ५ खेलमा ५ अंक जोडेर १० औं स्थानमा रहेको छ । संकटालाई हराएर ब्रिगेड अंक तालिका सुधारको योजनामा रहेको छ ।दोस्रो खेलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र आर्मीबीचको खेल ४,४५ बजे सुरु हुनेछ ।

आर्मी ५ खेलमा ९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । थ्री स्टारलाई हराएर आज आर्मी शीर्ष दुई टोलीलाई दबाब राख्न चाहन्छ ।थ्री स्टार ५ खेलमा ६ अंक जोडेर आठौं स्थानमा रहेको छ । आर्मीलाई हराएर थ्री स्टार अंक तालिका सुधार गर्न चाहन्छ।लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । पुछारका दुई टोली रेलिगेसनमा पर्नेछ।


More

View All

News

Health

Sports