×

Nepali Community

कस्तो रहला तपाईको दिन? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । पुष ११ गते

 

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज शुभकार्यको योग रहेको छ भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने तथा धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नुका साथै दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज नयाँ जिम्मेवारी पाइनुका साथै घरमा अतिथिको आगमन हुने तथा साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने छ भने शुभकार्यको चर्चा पनि चल्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुने तथा आँटेको र ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज कीर्तिमानी काम गर्ने योग रहेको छ भने राजनैतिक कार्यमा सफलता मिल्ने तथा बन्धु बान्धवबाट सहयोग मिल्नुका साथै शेयर बजारले पनि साथ दिनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने योग रहेको छ भने वित्तिय संस्थाबाट सहयोग पाइने र स्वादिष्ट भोजन पनि मिल्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज कार्यमा बाधा आउने योग रहेको छ भने सरकारी निकायको भय छ भने अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर प्रेम सम्बन्धमा मधुरता छाउनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज रमणीय र सुखद् यात्राको योग रहेको छ भने विपरीत वर्ग प्रति आकर्षण बढ्ने तथा कामका विभिन्न अवसर फेला पर्नुका साथै शेयर बजारमा पनि राम्रै हुनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग पनि छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साह छाउने र बोली बिक्ने समय पनि छ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज सन्तान टाढिनुका साथै वैदेशिक क्षेत्र कमजोर रहने योग रहेको छ भने कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज मन मिल्ने साथीको सहयोग मिल्नुका साथै जटिल ठानिएको कार्य सम्पादन हुने तथा आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज नयाँ ज्ञान सिक्ने मौका मिल्ने योग रहेको छ भने वैदेशिक कार्य अघि बढ्ने तथा काम गर्ने जोशजाँगर र उमंग बढ्नुका साथै चिताएको कामले तीव्रता लिनेछ ।


More

View All

News

Health

Sports