×

Nepali Community

राष्ट्रिय सम्मेलनमा होमिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै


काठमाडौं । पुष १० गते
आज राष्ट्रिय सम्मेलनमा होमिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । बैठकले पदाधिकारीको संख्या निर्धारणलगायतका आवश्यक निर्णय गर्नेछ ।

माओवादीको शुक्रबारको बैठकमा पदाधिकारी संख्या १५ बनाउन प्रस्ताव गरिएको थियो ।आज बस्ने स्थायी कमिटी बैठकले पदाधिकारीको संख्या टुंगो लगाउने ती नेताको भनाइ छ । माओवादीको राष्ट्रिय सम्मेलन आइतबारदेखि सुरु हुँदैछ ।

पार्टीको अन्तरिम विधानमा पदाधिकारीको व्यवस्था गरिएपनि संख्या नतोकिएको सन्दर्भमा पार्टी अध्यक्ष प्रचण्डले शुक्रबारको स्थायी कमिटी बैठकमा पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव गरेका हुन् ।विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षको व्यवस्था गरिएको छ । जसअनुसार अध्यक्षमात्रै ७ जना रहने प्रस्ताव गरिएको  छ।

 


More

View All

News

Health

Sports