×

Nepali Community

उम्मेद्वार नरेश यादवद्वारा आफूलाई निर्वाचित भएको प्रमाणपत्र दिनुपर्ने माग गर्दै निवेदन पेश


काठमाडौं । पुष १० गते
नेपाली कांग्रेस प्रदेश २ को महामन्त्री पदका उम्मेद्वार नरेश यादवले आफूलाई निर्वाचित भएको प्रमाणपत्र दिनुपर्ने माग गर्दै निर्वाचन समितिमा निवेदन दिएका छन्। निर्वाचन समितिले आफूलाई पहिले विजयी भएको बताएको तर पछि षड्यन्त्र गरेर शेरबहादुर देउवा समूहमा वृहष्पति कृष्ण श्रेष्ठलाई विजयी गराइएको यादवको दाबी छ।

निर्वाचन अधिकृत अब्दुल आजिजले आफूलाई महामन्त्रीमा विजयी घोषणा गरेको र त्यहीअनुसार प्रमाणमत्र पाउनुपर्ने उनको माग छ। उनले आफूले अहिलेको परिणाम कुनै हालतमा स्वीकार नगर्ने पनि बताएका छन्। आवश्यक परे फेरि निर्वाचन गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ।


More

View All

News

Health

Sports