×

Nepali Community

माओवादी केन्द्रका अध्यक्ष दाहालद्वारा पार्टी पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव


काठमाडौं । पुष १० गते
पार्टी पदाधिकारीको संख्या १५ बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थायी कमिटीमा प्रस्ताव गर्नु भएको छ । शुक्रबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले पदाधिकारी संख्या १५ पुर्‍याउन प्रस्ताव गर्नु भएको हो ।

यद्यपि यसबारे विस्तृत टुंगो लागिसकेको छैन। शनिबार यसबारे थप टुंगो लाग्ने छ।आइतबारदेखि सुरु हुने राष्ट्रिय सम्मेलनले माओवादीभित्र अध्यक्षसहित नेतृत्व चयन गर्नेछ।


More

View All

News

Health

Sports